देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना पुष्टि

0

काठमाडौं – नेपालमा मंगलबार थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार पीसीआर परीक्षण गर्दा ४१२ पुरुष र ३१० जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ६६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै मुलुकमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ सय, भक्तपुरमा २३ र ललितपुरमा ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय २९ मा झरेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार