देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण

0

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २१ हजार २०१ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण देखिएको हो ।

१६ हजार ६५४ जनामा पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोहि अवधिमा २ हजार ५४० संक्रमित निको भएका छन् । योसँगै हालसम्म ८ लाख २४ हजार २३९ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार