देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा १४२ कोरोना संक्रमित थपिए

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९० पुरुष र ५२ महिला गरी १४२ जनामा संक्रमण देखिएको हो ।

योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ । काठमाडौं उपत्यकामा ३० पुरुष र २५ महिला गरी ५५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरमा ३ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २ सय ६ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ । देशभरी कोरोनाका सक्रिय संक्रमितको संख्या भने २ हजार ३ सय ३५ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको मन्त्रालयले जनाएको छ । हाल मुलुकका विभिन्न स्थानको क्वारेन्टिनमा ९५ जना रहेका छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार