देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा १ हजार ३८० जनामा कोरोना पुष्टि

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८३४ पुरुष र ५४६ जना महिलामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ८५ महिला र ३ सय ६० पुरुष गरी ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ८५, भक्तपुरमा ३६ र ललितपुरमा १ सय २४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार शनिबार थप ५ सय १५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ ।
२४ घण्टामा ९ हजार ३ सय ६८ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म १७ लाख १९ हजार ८ सय २८ पीसीआर परीक्षण भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ५४ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार