देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा २ हजार ३६७ को नमूना परीक्षण

0

(काठमाडौं) – बुधबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको जानकारी दिए ।

११ हजार ५ सय २४ जनाको पीसीआर र ४५ हजार ६ सय ६५ जनाको आरडीटी विधिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । कुल संक्रमित ५७ मध्ये १६ जना उपचारपछि निको भएका छन् । बाँकी संक्रमित धनगढी र भरतपुरमा १र १ जना, वीरगञ्जमा ८ र विराटनगरमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश २ मा ५ हजार २ सय ९८, बागमतीमा ८ हजार २ सय १७, गण्डकीमा ५ हजार ३ सय ४३, प्रदेश ५ मा ३ हजार ६ सय ७१, कर्णालीमा ५ हजार २ सय ६९ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ९ सय ८६ जनाको आरडीटीबाट परीक्षण भएको छ ।

कोरोनाको आशंकामा हाल मुलुकभर ८७ जना आईसोलेसनमा भर्ना भएका छन् । जसमध्ये ४ काठमाडौं उपत्यका भित्र र ८३ जना बाहिरका छन् । क्‍वारेन्टाइनमा २२ हजार ९०१ जना रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार