देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा २ हजार २ सय २५ जनामा कोरोना सङ्क्रमण

0

काठमाडौं- पछिल्लो २४ घण्टामा दुई हजार २२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तेह्र हजार ८४६ नमूना परीक्षण गर्दा एक हजार ४४६ पुरुष र ७७९ महिलामा सङ्क्रमण पुष्टि भएको हो।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६८१ पुरुष र ४२९ महिला गरी एक हजार ११० सङ्क्रमित थपिएका छन्।

प्रदेश नं १ मा २२२, प्रदेश नं २ मा ८४, वाग्मतीमा एक हजार २१७, गण्डकीमा १४५, लुम्बिनीमा ३७३, कर्णालीमा ४२ र सुदूरपश्चिममा १४२ नयाँ सङ्क्रमित फेला परेका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार २३३ पुगेको छ । सङ्क्रमितमध्ये ६८ प्रतिशत अर्थात् एक लाख पाँच हजार ७९० पुरुष र ३२ प्रतिशत अर्थात् ४९ हजार ४४३ महिला छन् । पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख आठ हजार ३३४ पुगेको छ जुन कुल सङ्क्रमितको ६९.८ प्रतिशत हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ हजार ५७ छ ।

२० हजार सक्रिय काठमाडौँमा
नेपालमा सबैभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौँमा छन् । काठमाडौँमा ५५ हजार ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३४ हजार २६३ निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७२२ छ ।

यस्तै ललितपुरमा दुई हजार ५३३ र भक्तपुरमा एक हजार ४५४ सक्रिय सङ्क्रमित छन् । ललितपुरमा सात हजार ७६३ र भक्तपुरमा पाँच हजार १५० जनामा सङ्क्रमण पुष्टि भएको थियो । ललितपुरमा पाँच हजार १४९ र भक्तपुरमा तीन हजार ६४१ कोरोनामुक्त भएका छन् । काठमाडौँमा १९२, भक्तपुरमा ५५ र ललितपुरमा  ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार