देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना पुष्टि

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ११ पीसीआर परीक्षण गर्दा ७९ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ४१ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २७, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७१ हजार ४ सय १ रहेको छ ।

मुलुकभर ८ सय ९५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म २२ लाख १८ हजार ७ सय २२ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार