देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि

0

काठमाडौं -पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुार १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।

काठमाडौंका २३० जना, भक्तपुरका २४ जना र ललितपुरका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। १४ हजार ७३९ जना आइसोलेसनमा रहेका छन्।  जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पाँचवटा जिल्लामा ५ सय बढी संक्रमित रहेका छन्। मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी संक्रमित छन्। प्रवक्ता गौतमका अनुसार मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेका छन्। यस्तै १५१ जनाको आइसीयूमा उपचार भइरहेको छ भने १४ जनाको भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट १७५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार