देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घन्टामा थप २७ सय ३६ जनामा कोरोना संक्रमण

0

काठमाडाैं– पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संंख्या दुई लाखनजिक पुगेकाे छ । मंगलबारसम्म संक्रमित हुनेकाे संख्या एक लाख ९९ हजार सात सय ६० पुगेको हाे ।

संक्रमणमुक्त भई आज आठ सय ५३ जना डिस्चार्ज भएका छन् ।हालसम्म एक लाख ६० हजार पाँच सय ७७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजा ४२० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा १ हजार १४१ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा १९३ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज उपत्यकाका देखिएको संक्रमित संख्या देशभर आज देखिएको कुल सख्याको ५२ प्रतिशत हो । पछिल्लो चौविस घण्टामा देशभर १२ हजार ९६० जनाको पीसीआर गर्दा २ हजार ७ सय ३६ जनामा पोजेटिभ नतिजा देखिएको थियो ।

उपत्यकामा आज थपिएको सहित संक्रीय संक्रमितको संख्या २० हजार २६० रहेको छ । त्यसमा काठमाडौंमा १६ हजार ६८६ जना, भक्तपुरमा १ हजार २२४ जना र ललितपुरमा २ हजार ३५० जना रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार