देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पटाका सहित विभिन्न स्थानबाट ४ जना पक्राउ

0

काठमाडौं – काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित सडकबाट करिब १ लाख रुपैयाँ मूल्य बराबरको गोल्डेन कोब्रा लेखिएको ४० बण्डल पटाका सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.१६ च ४९७८ नम्बरको गाडीमा जाँच गर्दा उक्त मूल्य बराबरको पटाका फेला पारी गाडी चालक मकवानपुर राईगाँउ-२ बस्ने ३७ वर्षीय जेसन राई लगायत २ जनालाई पक्राउ गरेको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ फत्तेपुरबाट करिब १२ हजार रुपैयाँ मूल्य बराबरको बिभिन्न किसिमका पटाका सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी तरहीबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०३००५ प ९०१६ नम्बरको मोटरसाइकलमा सवार डाक्नेश्वरी नगरपालिका-७ बस्ने २१ वर्षीय चन्द्रकान्त राय समेत २ जनालाई उक्त पटाका सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार