देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पत्रकार महासंघकी उपाध्यक्ष द्वारा पद त्यागको घोषणा

0
काठमाडौं – पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले आफ्नो पदबाट राजिनामा गरेकी छन् ।

गृहजिल्ला ओखलढुंगाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेपछि उनले सोमबार सामाजिक सञ्जालमार्फत् पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘महासंघको २६औं महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर नेतृत्वमा पुर्याउनुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दछु। म महासंघको नेतृत्वमा नरहे पनि मतको उच्च सम्मान र हर हमेशा तपाईंहरुको माझ सुख दुःखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर।

पत्रकारहरू पनि दलहरूको अधिवेशनमा धमाधम उम्मेदवार बन्न थालेपछि महासंघले आफ्ना सदस्यहरूलाई पत्रकारिता वा राजनीतिमध्ये एउटा रोज्न भनेको थियो। सोही अनुसार उनले राजीनामा गरेकी हुन्।

उनी नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा गृहजिल्ला ओखलढुंगाबाट महाधिवेसन प्रतिनिधि भएकी छन् । अधिकारी नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छिन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार