देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पत्रकार महासंघको चुनाव अनिश्चित समयकालागि स्थगित

0

काठमाडौं – नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको छ ।

यही शनिबारका लागि तोकेको निर्वाचनमा मतदान नहुने जानकारी अध्यक्ष विपुल पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष पोखरेलले बताएका छन् ।

निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि पनि पोखरेलले आग्रह गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार