देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पदाधिकारी चयन नगरी सकियो माओवादी केन्द्रको आठाैँ महाधिवेशन

0

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन नेतृत्व चयनै नगरी सम्पन्न भएको छ । आइतबार अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको  हो ।

नेकपा माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने एक नेताले जानकारी दिए । बिधान अनुसार महाधिवेशनबाटै नयाँ पदाधिकारी चयन गर्न भने माओवादी अससफल रह्यो ।

अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नामावली बन्दसत्रमा वाचन गरेसँगै पारित गरिएको प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ एक सय २५ जना र खुलातर्फ एक सय ११ जना गरी दुई सय ३६ जनाको नामावली पेस गरेका थिए ।

दुई सय ९९ सदस्यमध्ये अब बाँकी ६३ सदस्य मनोनित गर्ने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार