देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पब्जी गेमको नशामा १४ वर्षीय बालकले गरे आमासहित परिवारका ४ जनाको हत्या

0

काठमाडौं – मोबाइलमा खेलिने अनलाइन गेम पब्जीको गलत प्रभावका कारण १४ वर्षीय एक बालकले आफ्नी आमा, दाइ र दुई दिदीबहिनीलाई गोली हानी हत्या गरेका छन् ।

यो घटना पाकिस्तान पञ्जाव प्रान्तका ४५ वर्षीया स्वास्थ्यकर्मी नाहिद मुबारक गत हप्ता लाहोरको काहना क्षेत्रमा आफ्ना २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षका दुई छोरीहरूसँगै मृत फेला परेकी थिइन् ।

अनुसन्धान अनुसार परिवारमा बाँचेका उनै १४ वर्षीय बालक नै हत्यारा भएकाे खुलेकाे छ । नाबालिग भएका कारण प्रहरीले उनको नाम खुलाएको छैन ।

पब्जी अनलाइन गेमको लतमा परेका उनले आफ्नी आमाका साथै दाइ र दिदीबहिनीको हत्या गरेको स्वीकारेकाे पाकिस्तान प्रहरीले शुक्रबार जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो विज्ञप्ति अनुसार लामो समय अनलाइन गेम खेलेर बिताउँदा उनलाई मनोवैज्ञानिक समस्या देखापरेको छ । छोराले पढाइमा ध्यान नदिने र आफ्नो अधिकांश समय पब्जी खेल्न बिताएको भन्दै आमाले बारम्बार सम्झाउने गर्थिन् । श्रीमानसँग सम्बन्धबिच्छेद गरी आमा आफ्ना छोरा छोरीसँग बस्दै आएकी थिइन् ।

घटना भएको दिन पनि आमाले उनलाई पब्जी खेल्न नछाेडेकाेमा गाली गरेकी थिइन् । राति परिवारका सबै सदस्य सुतेपछि ती बालकले कपबाेर्डबाट आमाको पेस्तोल निकालेर एक एक गरी सबैको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । एजेन्सी

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार