देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

परिबन्दमा परेका प्रचण्ड

0

भवनाथ आचार्य – नेपाली राजनीतिक रंगमञ्चमा केही न केही बोलेर वा गरेर चर्चामा आइरहने पात्र हुन् प्रचण्ड । सधैँ केही न केही बोलेर मात्रै होईन भिड हेरेर राजनीतिक माहोललाई आफूतिर खिचिरहने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोआज अर्थपूर्ण किसिमले आफ्नो प्रस्तुती दिईरहेका छन् । यो बीचमा देशमै उथलपुथल ल्याउने ठूल्ठूला घटनाहरू भइसके । तर कुनै बेला भेनेजुयलादेखि उत्तर कोरियासम्मको चिन्ता लिएकै बोलिले राजनैतिक तरङ्ग ल्याउने उनको आवाज यतिबेला कतै शून्य प्राय छ ।

प्रचण्डको दैनिकीबारे जानकार श्रोत अनुसार उनी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट आजित छन् । आफूसँग गरेको समझदारी, सल्लाह, सुझावअनुसार कहिल्यै नचल्ने, सधैँ पेल्न मात्र खोज्ने, पूर्वाग्रह मात्र राख्ने ओली बानीसँग प्रचण्ड आजित भएको श्रोत बताउँछ । हुन पनि ओली र उनी निकटहरूले प्रचण्डलाई यसैगरी गलाउने नीति लिएका छन् । केहिदिन यता भने प्रचण्ड ओलीको यो शैलीसँग खुला रूपमा डटेरै लड्ने योजनामा रहेको बुझिन्छ ।

प्रचण्डले माधवकुमार नेपालले पनि ओलीविरुद्ध राम्रो खुट्टा नटेकेको महसुस गरे । जानकारहरूका अनुसार ओलीसँग एकता गरेको पछुतोमा छन् प्रचण्ड, यतिबेला । बुहारी बिना मगरलाई मन्त्रीमा निरन्तरता दिनेबाहेक ओलीले प्रचण्डका हरेक कदममा बल्ड्याङ खुवाइदिएका छन् ।

एमसीसीलाई लिएर शान्ति प्रक्रियायता प्रचण्ड सबभन्दा पेचिलो मोडमा छन्, यसबेला । ०५३ मा महाकाली सन्धिका विषयमा छलफल हुँदा प्रचण्डले त्यसमा सहभागी हुनु परेकै थिएन । त्यसबेला जनयुद्धको नेतृत्व गरिरहेका प्रचण्डले महाकाली सन्धि राष्ट्रघात हो भनेर एउटा विज्ञप्ति फालिदिएपछि पुगेको थियो । तर यसबेला परिस्थिति त्यस्तो छैन । ‘कोभन्दा को बढी राष्ट्रवादी देखिने’ दौड चलिरहेका बेला एमसीसीलाई लिएर आफूमाथि समेत ‘राष्ट्रघाती’ आक्षेप लाग्न सक्नेमा प्रचण्ड सतर्क देखिन्छन् । जसको कारण आफ्ना विश्वास पात्रका रुपमा चिनिएका अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन सफल प्रचण्डले एमसिसी अनुमोदनको समय भेड्क्याएर सभामुखको सहयोगमा संसदनै सारिदिए ।

प्रधानमन्त्री ओलिले अध्यादेश मार्फत ल्याएको बिबादित दल बिभाजन बिधेयक काण्डका कारण झण्डै फुटको संघारमा पुगेको नेकपाको आन्तरिक कलह केहि समय सेलाएको भए पनी अहिले पछिल्ला घटनाक्रमले केहि अपवाद बाहेक पार्टि एकतानै धरापमा परेको देखिन्छ । पुर्व एमाले बिचकै अन्तरकलह जस्तो देखिएको नेकपा विवादको केन्द्रविन्दुमा पुग्न नसक्नु पनि प्रचण्डको आगामि यात्राको कमजोर संकेत हो ।

पछिल्लो समयमा शितलनिवास लाई साक्षी राखेर वालुवाटार आफ्नो अडानबाट पछि हट्ने देखिँदैन भने ईतरपक्ष उत्तरि आडमा कुनैपनि हालतमा ओलिलाई सत्ताच्युत गराएरै छाड्ने मनस्थितिमा पुगेको देखिन्छ । प्रधानमन्त्रीका बिश्वास पात्र मानिने पुर्व संचारमन्त्री समेत रहेका गोकुल बास्कोटाले बिहिबार साँझ बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्तालाई आधार मान्ने हो भने पनि ओलिको सत्ता बर्खास्ति पार्टिको बैधानिक फोरम बाहेक अन्य विकल्प देखिँदैन ।

अहिलेकै अवस्थामा पार्टि फुटाउँदा प्रधानमन्त्री ओलिले प्रमुख प्रतिपक्षी काँग्रेसको सहयोगमा बहु चर्चित अमेरिकी एमसिसी परियोजना अनुमोदन गराएर केही चिसिएको भारतिय सम्बन्ध पनि सुधार्ने अनुमान गरेको उत्तरले तत्काल पार्टिपनी नफुटाउने र सत्ता परिवर्तन गराएरै छोड्ने आड दिएकै कारण प्रचण्ड नेपाल लगायतको समुह अलि बढी हौसिएको जानकारहरु बताउँछन् । यदि यो बाटो नछोडी अघी बढ्ने हो भनेपनी ओली ईतर समुह आफ्नो मर्जिले मात्रै पछी हट्ने सम्भावना अत्यन्तै न्युन द्खिन्छ ।

यसैगरी दुबै समुह आ-आफ्नै अडानमा अडिग रहन सक्ने हो भने पनी दुबै समुहको नेतृत्व पुर्व एमालेको पोल्टामा पुग्ने निश्चित प्राय छ । यो अवस्थामा पार्टि फुटाउनु उपयुक्त नदेखेका प्रचण्डले आफ्नो समुहको उचित ब्यबस्थापन गरेर सुरक्षीत अवतरणको बाटो त खोज्लान तर नेकपा दल बिभाजन भयो यदि भने तुलनात्मक रुपमा त्यसको क्षति प्रचण्डकै भागमा बढी पर्ने देखिन्छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार