देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध कडा सङ्घर्ष गर्नु आवश्यक – प्रचण्ड

0

काठमाडौं – नेकपा माओवादी केन्द्रले परिणाम देखिने गरि निर्वाचनमा लाग्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यसअघि पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध कडा सङ्घर्ष गर्नु आवश्यक रहेको बताए ।

शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पूर्वस्थायी समितिका उपलब्ध सदस्य र प्रदेश इञ्चार्जहरुको अनौपचारिक बैठकले परिणाम देखिने गरि निर्वाचनमा होमिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको प्रेस नोटमा जनाइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक परिस्थिति र स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेल सम्बन्धी छलफलका विषयमा जानकारी गराउनुभयो । बैठकमा गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकताबद्ध बनाएर चुनावमा केन्द्रित गर्न पार्टीको तर्फबाट अधिकतम पहल गर्ने तथा परिणाम देखिने गरी चुनावमा सिङ्गो पार्टी पंक्तिलाई केन्द्रित गर्ने विषयमा छलफल भयो ।’

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेशको लहर बढेको चर्चा गर्दै बैठकमा एकता प्रक्रियामा आउने कमरेडहरुलाई जिम्मेवारी दिने र प्रक्रियागत रुपमा व्यवस्थित गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार