देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

परिवेश वाटर प्रालिलाई २ लाख रुपैयाँ जरिवाना

0

काठमाडौं – अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै परिवेश वाटर प्रालिलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।

बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै काठमाडौंको रानीबारीस्थित परिवेश महत उद्योगलाई विभागले बुधबार कारबाही गरेको हो ।

परिवेश महत वाटर प्रालिले बिल बिजक जारी नगरी पानी बिक्री गरेको पाइएपछि विभागले कारबाही स्वरुप २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (ञ) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम २ लाख रुपैयाँ जरिवान गराएको विभागले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार