देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

परिसंघ र बैंकर्स संघबीच समझदारी पत्रमा हस्ताक्षर

0

(काठमाडाैं) –  नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच निजी लगानी प्रर्वद्धन मार्फत आर्थिक विकासमा सहकार्य गर्ने सहमति भएको भएको छ ।

काठमाडौंमा एक कार्यक्रमकाबीच परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले समझदारी पत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहको बताए ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकिङ्ग क्षेत्रमा आएका नयाा नयाा व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताए ।

समझादारी अनुसार, उद्योग परिसंघ र बैंकर्स संघले दुबै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त रुपमा अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरु आयोजना गर्ने सहमति भएको छ ।

वित्तीय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमा साझा हितका विषयमा सरोकारवाहरुसँग सयुक्त रुपमा संवाद तथा छलफल गर्ने लगायत सहमति भएको परिसंघले जनाएको छ ।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा परिसंघका पदाधिकारीहरु र बैंकर्स संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार