देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पर्यटनमन्त्री आले विरुद्ध जिप्रकामा निवेदन

0

काठमाडौं – पर्यटनमन्त्री प्रेमबहादुर आलेले गोली हान्ने र कुटपिट गर्ने धम्की दिएपछी नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीले सुरक्षा मागेका छन् । शुक्रबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौमा जीउधनको सुरक्षा माग गरेर निवेदन दिएका हुन् ।

अध्यक्ष अधिकारीले डोटी घर भइ हाल काठमाडौँ महानगरपालिकामा बस्ने मन्त्री प्रेमबहादुर आलेले आफूलाई विभिन्न धम्की दिएको भन्दै शुक्रबार आँफै उपस्थित भएर काठमाडौँ जिप्रकामा निवेदन दिएका हुन्।

उनले जिल्ला प्रशासन कार्यालयका साथै जिल्ला प्रहरी परिसर टुेकुमा पनि निवेदन दिएका छन्।

कर्मचारी भर्ना गर्ने विषयमा विवाद भएपछि मन्त्री आले र अध्यक्ष अधिकारीबीच यसअघि पटक पटक विवाद भएको थियो। मन्त्री आलेले भनेका व्यक्तिलाई जागीर नदिइएपछि उनले फोनमा र आफ्नै कार्यकक्षमा उपस्थित भएका बेला अधिकारीलाई हातपातका साथै अश्लील गाली गरेका थिए।

यसैबीच नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल वायुसेवा निगम केन्द्रिय समिति र नेपाल वायुसेवा निगम कर्मचारी युनियनले दुई छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै मन्त्री आलेलाई बर्खास्त गर्न नेपाल सरकारसँग माग गरेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार