देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पर्यटनमन्त्री प्रेम आलेलाई प्रधानमन्त्रीको धन्यवाद

0

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आलेलाई धन्यवाद दिएका छन् । नारायणहिटी दरबार संग्रहालय परिसरमा निजी व्यवसायीलाई भाडामा दिएर रेस्टुरेन्ट व्यवसाय चलाउन खोज्दा मन्त्री आलेले रोक लगाएपछी राम्रो गरेको भन्दै देउवाले धन्यवाद दिएका छन् ।

पूर्ववर्ती केपी ओली सरकारका पर्यटनमन्त्री योगेश भट्टराईको पालामा उक्त जग्गा भाडामा दिने सम्झौता भएको बताइन्छ । यद्यपि पूर्वमन्त्री भट्टराईले यसमा आफ्नाे संलग्नता नरहेकाे बताएका छन् ।

यसरी दरबार परिसरभित्रै व्यवसाय सञ्चालन गर्न लागेकाे थाहा पाएपछि वर्तमान पर्यटनमन्त्री आलेले उक्त निर्णय कार्यान्वयन गर्न रोक लगाएकाेमा प्रधानमन्त्री देउवाले धन्यवाद दिएकाे मन्त्री आलेले बताए ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री आलेले धेरै राम्रो निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले उनको प्रशंसा गरेको बताइएको छ । ‘नारायणहिटी दरबार संहग्रहालय परिसरमा रेस्टुरेन्ट चलाउने निर्णय रोकेर राम्रो गर्नुभो’ भन्दै प्रधानमन्त्रीले पर्यटनमन्त्रीलाई धन्यवाद दिएका हुन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारका पालामा बतास अर्गनाइजेसन समूहको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामक कम्पनीलाई उक्त जग्गा सस्तैमा भाडामा दिइएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार