देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक : नेता पौडेल

0

रासस/गलकोट – नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र पौडेलले पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षित हुनुपर्ने बताएका छन् ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकलाई बागलुङमा आकर्षण गर्न पोखराको लेकसाइटमा बिहीबार आयोजना गरिएको सरोकारवालासँग सहकार्यसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले बागलुङमा धेरै पयटकीय गन्तव्य भए पनि आवश्यक लगानीकर्ताको अभावमा पर्यटन विकासको वातावरण नबनेकाले निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए ।

“पर्यटनमैत्री होटल तथा व्यवसाय बनाउनका लागि बागलुङका पर्यटन व्यवसायी इच्छुक छन्”, पौडेलले भने, “बागलुङमा पर्यटकीय गतिविधि बढाउन पोखराका पर्यटन व्यवसायीले सहयोग गर्नुहोस ।” बागलुङ पर्यटन विकास समिति बागलुङ, बागलुङ उद्योग वाणिज्य सङ्घको पर्यटन समिति, होटल तथा रेष्टुराँ व्यवसायी सङ्घको पहलमा बागलुङ र पोखराबीच पर्यटनमा सहकार्य गर्न पहिलो पटक संस्थागत रुपमै पहल थालिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार