देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पर्यटन मन्त्री आलेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल

0

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सन्जालमा भाइरल भएको छ ।

उनले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल भएको हो । आफूविरुद्ध फेसबुकमा जथाभावी किन लेखेको भन्दै मन्त्री आले ओलीविरुद्ध अश्लिल शब्द प्रयोग गर्दै खनिएका हुन् ।

आलेले उनी बसेको मुम्बईको ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हातखुट्टा काटिदिने’ धम्कीसमेत दिएको सुनिन्छ । यो अडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।

मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार एमाले सांसदहरुले फ्लोर क्रस गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि आलेविरुद्ध ओलीले फेसबुकमा ‘जथाभावी’ लेखेका थिए ।

त्यसपछि उनैले आलेलाई म्यासेन्जरमा फोन पनि गरेका थिए । त्यही क्रममा भएको सम्वाद अहिले सार्वजनिक गरिएको आलेका प्रमुख स्वकीय सचिव रेग्मीको भनाइ छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार