देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पर्वतको रती र अम्बोट खोलामा निर्मित दुई वटा पुलको एकसाथ उद्घाटन

0

पर्वत – जिल्लाको रतीखोला र अम्बोट खोलामा निर्माण सम्पन्न दुई पक्की पुलको एक साथ उद्घाटन भएको छ । मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रतीखोला पुलको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट–दुर्लुङ सडकमा पर्ने अम्बोटखोला पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले आइतबार उद्घाटन गरे ।

१० करोड ४५ लाख ९८ हजारको लागतमा निर्माण सम्पन्न भएको रतीखोलामा निर्माण भएको पुलको लम्बाई ७० मिटर रहेको छ । दुवैतिर १.७५ मिटरको फुटपाथ रहेको पुलको चौडाई ७.५० रहेको छ । यो पुलनिर्माण भएपछि वर्षौदेखि खोलाबाट हिँड्न बाध्य मोदी गाउँपालिका वडा नं ६,७ र ८ का बासिन्दा हर्षित भएका छन् ।

यो पुललाई पोखरा–बागलुङ राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ । यस पुलले मोदी गाउँ चित्रे–आर्थर–कार्र्की नेटा हुँदै पर्वतको दक्षिण तथा स्याङ्जा समेत पुग्न सकिन्छ । धार्मिक तथा पर्यटकीय सडकको रुपमा विकास भईरहेको पोखरा–पामे–पन्चासे सडकलाई समेतयस पुलले जोड्ने छ ।

त्यसैगरी अम्बोट खोलामा निर्माण सम्पन्न पुलले कुश्मा नगरपालिका वडा नं ३ का साथै मोदी गाउँपालिकाको वडा नं ४ को हलहले, क्याङ तथा वडा ५ को बाजुङका स्थानीय लाभान्वित हुने भएका छन् । अम्बोेट खोलामा निर्मित पुलको लम्बाई २५ मिटर र चौडाई ७ दशमलव ५० मिटर रहेको छ ।

सिंगल स्पान रहेको यो पुल ४ करोड १७ लाख ६२ हजार रुपैयाँ लागत मानिर्माण भएको हो । अम्बोट खोला पुलले दुर्लुङबाजुङ–हलहले–क्याङ–लेस्पार सडकको कनेक्टीभिटीको रुपमा काम गर्ने स्थानीयले बताएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार