देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पर्शुराम नगरपालिकाको मेयरमा भौतिक शास्त्रमा मास्टर्स गरेका २२ बर्षिय जोशी निर्वाचित

0

काठमाडौं – डडेल्धुराकाे पर्शुराम नगरपालिकामा मेयरमा कांग्रेसका २८ वर्षीय भरत जाेशी निर्वाचित भएका छन्। जाेशी बलिया प्रतिस्पर्धी माओवादीका शेरसिंह माललाई हराउँदै मेयरमा विजयी भएका हुन्।

जाेशीले ५ हजार ९ सय ४१ मत पाए भने मालले ५ हजार ८ सय ५ मत पाए। जाेशी माललाई १ सय ३६ मतले पछि पार्दै मेयरमा विजयी हुन सफल भए।

यस्तै, उनीसँगै अघिल्लो चुनावमा नगरपालिका-७ नम्बर वडामा चुनाव जितेका एमालेका केशव बाेहरा पनि प्रतिस्पर्धामा थिए।

उनी भने २ हजार ६ सय ६ जति मत ल्याएर तेस्रो भएका छन् यस्तै नगर उपप्रमुखमा माओवादीकी विमला महताले ५ हजार ८ सय ८५ मत प्राप्त गर्दै  विजयी भएकी छन्।

उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ४ हजार ५९३ र एमालेका उम्मेदवारले ३ हजार २ सय ९६ मत प्राप्त गरेर पराजित हुन पुगे।

कतिपय स्थानीय तहमा सत्तारूढ गठबन्धनले तालमेल गरेर चुनावी लडे पनि यहाँ भने कांग्रेस, एमाले, माओवादीले एक्लाएक्लै चुनाव लडेका थिए।

वायुमण्डलीय भौतिक शास्त्रमा मास्टर्स गरेका जोशीले त्यसअघि वडा अध्यक्ष, नेपाली कांग्रेस गाविस सभापति  र जिल्ला उपसभापति समेत भइसकेका धर्मानन्द भट्टलाई हराउँदै नगर सभापतिमा चुनाव जितेका  थिए।

नगरसभापति बनेपछि उनले यस निर्वाचनमा मेयरका लागि चुनाव लड्न उम्मेदवारी दर्ता गराएका थिए।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार