देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पर्साको भिस्वा मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

धर्मेन्द्र प्रसाद यादव/भिस्वा – गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.विरगंज सेवा केन्द्र भिस्वाको आयोजना र श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र माट्रिका आई फाउन्डेशन विरगंजलको सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ । उक्त शिविरमा भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले निशुल्क रूपमा जनरल ओपिडी सेवा सञ्चालन गरेको थियो भने माट्रिका आई फाउन्डेशनले नि:शुल्क आँखा शिविर सञ्चालन गरेको थियो ।

उक्त शिविरमा उपचारका लागि छनौट भएका बिरामीकालागि गृहलक्ष्मी सहकारीको सिफारिसमा ५० प्रतिशत छुटमा उपचार गरिने जनाइएको छ ।

सशस्त्र प्रहरी बल (नः१३ गण हे. क्वा.,पर्सा) , राष्ट्रिय शहकारी बैंक (शाखा कार्यालय विरगंज) , भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. , माट्रिका आई फाउन्डेशन विरगंज र कोअपरे म्यानेजर्स क्लब पर्सा विरगंजको संयुक्त सहयोगमा छिपहरमाई गाउँपालिका वडा नंबर ५ स्थित मंगल माध्यमिक विधालय भिस्वामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शनिबार सम्पन्न शिविरमा ५ सय ३५ जना महिला र पुरुष लाभान्वित भएका थिए ।जस मध्ये १०३ जनामा मोतियाबिंदु फेला परेको छ । मोतियाबिंदु देखा परेकोलाई निशुल्क अप्रेसन गरिने माट्रिका आई फाउन्डेशन विरगंजका डॉक्टरले बताए। त्यस्तै यहा ओपिडि चेक जाँच गराएको व्यक्तिहरुलाई गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.विरगंज सेवा केन्द्र भिस्वाको सिपारिसमा भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले 50% को छुट मा इलाज गरिने भवानी हस्पिटलका डाक्टरले बताए ।

बिरामीहरुलाई चेकजाँच गरि निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो । निशुल्क सवास्थ्य शिविरमा सशस्त्र प्रहरी बंजारी भिस्वाका निरीक्षक संजिव बानियाँ ,प्रहरी चौकी भिस्वाका सई प्रेम मिश्रा, छिपहरमाई गाउँपालिका उपाध्यक्ष समसुल मिया, मनोज पटेल ,ताराचन पंडित,पत्रकार राजन बानियाँ,पत्रकार अलोक कुशवाहा,लगायतको उपस्थिती रहेको थियोे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार