देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पर्साबाट छ जना जुवाडे पक्राउ

0

(पर्सा) – जुवा खेलीरहेको अवस्थामा वीरगञ्जबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नगिना यादव, सोही ठाउँ बस्नेहरु २५ वर्षीय रुपेश यादव, ३६ वर्षीय राजेश्वर प्रसाद यादव, ४० वर्षीय छोटेलाल पटेल, ४५ वर्षीय ज्ञानचन पटेल र १९ वर्षीय हदरी प्रसाद यादव रहेका छन् ।

वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मी बस्ने नगिना यादवको घरमा जुवातास खेलिरहेका ६ जनालाई ६८ हजार ४ सय ८० रुपैयाँ र २ बुक तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको समयमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै तास खेलीरहेको स्थानबाट ३ वटा प्लाष्टिकको ड्रममा मदिरा तयार पार्न राखिएको कच्चा पदार्थ ६ सय लिटर समेत प्रहरीले फेला पारी नष्ट गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार