देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पर्सामा गठबन्धन भंग, कांग्रेस र जसपाले छुट्टा-छुट्टै चुनाव लड्ने

0
<p>फोटो &#8211; अन्नपुर्णपोष्ट</p>

फोटो – अन्नपुर्णपोष्ट

काठमाडौं – वीरगञ्ज महानगरपालिकामा सत्तारुढ दलबीच चुनावी गठबन्धन नहुने पक्का भएको छ।

शनिबार गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले वीरगञ्ज महानगरसहित पर्साका सबै पालिकामा छुट्टा-छुटटै चुनाव लड्ने सहमति गरेका हुन्।

कांग्रेसका जिल्ला सभापति र जसपाका जिल्ला अध्यक्षले शनिबार बेलुकी संयुक्त विज्ञप्ति जारी गरेर वीरगन्ज महानगरसहित पर्साका सबै पालिकामा छुट्टा-छुटटै चुनावी प्रतिस्पर्धा गर्ने सहमति भएको घोषणा गरेका हुन्।

कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले जारी गरेको संयुक्त विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरसहित पर्साका १४ वटै स्थानीय तहमा कांग्रेस र जसपाले छुट्छा-छुटटै प्रतिस्पर्धा गर्ने उल्लेख छ।

स्थानीय नेता कार्यकर्ताको मनोभावनाको कदर गर्दै दुवै दल (जसपा र कांग्रेस)ले छुट्टा-छुट्टै मित्रवत्  चुनावी प्रतिस्पर्धा गर्ने सहमति गरेको विज्ञप्तिमा उल्लेख छ।

०७४ को निर्वाचनमा वीरगन्ज महानगरसहित ७ पालिकामा जसपाले जितेको थियो। कांग्रेसले भने दुई नगरपालिका र १ गाँउपालिका गरी ३ वटा पालिकामा मात्र जितेको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार