देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पर्सामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

0

वीरगञ्ज – पर्सामा थप १ सय ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

वीगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्साका ४३ थुनुवा सहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये २२ जना महिला र तीन जना बारा र चार जना रौतहटका छन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् । आर्मी ब्यारेकका थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमितमध्ये २८ जना वीरगञ्ज महानगरपालिकाका हुन् ।

वीरगञ्ज महानरपालिकाका प्रमुख विजयकुमार सरावगीको परिवारका थप तीन जना, वीरगञ्ज–१० अशोकवाटिकामा १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमण देखिएको छ ।

नारायणी बयोधा अस्पतालमा कार्यरत चिकित्सक, स्टाफ नर्स, हाउस किपिङका कर्मचारीमा कोरोना देखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार