देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पर्सामा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण

0

पर्सा – पर्सा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, उनका सवारी चालक र अंगरक्षक सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको नमुना परीक्षणमा सांसद यादव सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ जनामध्ये ६१ जना पुरूष र ३ जना महिला रहेको नारायणी अस्पतालका प्रमुख उपाध्यायले बताए । संक्रमित  १५ वर्षदेखि ६८ वर्षसम्मका छन्।  शुक्रबार राति संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी पनि छन् । यो संगै पर्सामा हालसम्म ४ सय ६२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

यसअघि बिहीवार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय तुलनात्मक रुपमा प्रदेश नम्बर दुइमा कोरोना संक्रमण डरलाग्दो तरिकाले फैलिइरहेको छ भने यसको रोकथामका लागी जिम्मेवार निकायबाट खासै पहल नभएको स्थानियको गुनासो रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार