देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पर्सामा हावाहुरी, जस्तापाताले काटेर १०७ वर्षीय वृद्धको मृत्यु

0

काठमाडौं – बिहीबार बेलुकी वर्षासँगै आएको हावाहुरीले पर्सामा एक जना वृद्धको मृत्यु भएको छ भने ठुलो जनधनको क्षति भएको छ।

हावाहुरीका कारण एक जना वृद्धको मृत्यु भएको र एनसेलको टावर ढलेर च्यापिदा एक जना गम्भीर घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।

पर्साको विन्दबासिनी गाँउपालिका-२ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए।

उनका अनुसार बिहीबार बेलुकी आफ्नै घरको पिढीमा बसिरहेका बेला साह हुरीले छिमेकीको घरको छानाबाट उडाएर ल्याएको जस्तापाताले लागेर गम्भीर घाइते भएका साहलाई अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ५ स्थित एनसेलको टावर हावाहुरीले ढलेको र त्यसले च्यापिएर एक पुरुष गम्भीर घाइते भएका छन् । घाइतेको पहिचान भने खुलेको छैन। उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा लगिएको छ ।

बिहीबार बेलुकीको हावाहुरीले पर्सा जिल्लामा पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको न्यौपानेले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार