देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पल शाहलाई थप १२ दिन थुनामा राख्न आदेश

0

काठमाडौं – बलात्कार मुद्दामा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले आदेश दिएको छ।

नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता शाह गत फागुन १५ गते पक्राउ परेका थिए।

उनी आफैँ तनहुँस्थित जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। पक्राउ परेलगत्तै जिल्ला अदालतले एक हप्ताको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको थियो।

प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए। उनका अनुसार प्रहरिले माग गरे अनुरुपनै थप १२ दिन थुनामा राखेर अनुशन्धान अघि बढाउन अदालतले अनुमति दिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार