देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश (पूर्णपाठ)

0

काठमाडौं – जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

जबर्जस्ती करणी मुद्दामा बुधबार र बिहीबार वादी र प्रतिवादी कानुन व्यवसायीको थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले मंगलबार पलविरूद्ध अधिकतम् १४ वर्ष र उनका म्यानेजर कृष्णलाई मतियारका रूपमा ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र अदालतमा दर्ता गरेको थियो। गत फागुन ११ मा नाबालिग गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि उनले फागुन १५ मा तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए।

यससँगै २५ दिनदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाह कारागार चलान हुने भएका छन्। यस सँगै शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार