देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पशुकल्याणको बिषयमा एनिमल नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

काठमाडौं –  पशु कल्याणको क्षेत्रमा काम गरिरहेको एनिमल नेपाल नामक संस्थाको आयोजनामा पशु कल्याणमा पत्रकारहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । १९ मार्चमा मनाईने पोल्ट्री दिवसको सन्दर्भ पारेर संस्थाले बुधबार काठमाडौंमा यो कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा संस्थाकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले ईस २००९ मा स्थापित एनिमल नेपालले पशु कल्याणका लागि गर्दै कामहरुको  आएको जानकारी दिंदै यो बिषय संचार क्षेत्रको प्राथमिकता खासै नपरेको उल्लेख गरिन । साथै राणाले एनिमल नेपालले ५ वटा प्रदेश स्थित विभिन्न जिल्लाहरुमा परियोजना संचालन गर्दै आएको तथा सम्पूर्ण प्रदेशमा पशु कल्याणका लागि हस्तक्षेपका कार्यहरु जारी राख्दै आएको बताईन् ।

त्यसैगरि, एनिमल नेपालका कार्यकारी निर्दशक हरि प्रसाद जोशीले नेपालमा पशु कल्याणको वर्तमान अवस्था र विद्यमान कानुनी प्रावधानको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा पशु कल्याण ऐन बन्ने चरणमा रहेको जानकारी दिए । न्युन कानुनी प्रावधान र भएकाको पनि कार्यान्वयन हुन नसक्दा पशु कल्याणको क्षेत्रमा आशातित प्रगती हासिल गर्न कठिनाई रहेको उनको भनाई थियो ।

मानिसलाई रोगी बनाउनमा ६० देखी ७० प्रतिशतसम्म पशु र पशुजन्य उत्पादन रहने गरेको हवाला दिदै उनले मानव स्वास्थ्यका लागि मानिससँगसँगै पशु र वातावरण पनि स्वच्छ रहनुपर्ने उनले उल्लेख समेत गरे ।

दैनिक सरोकारको बिषय भए पनि पशु कल्याणको सवाल गौण बन्नु दु:खद भएको भन्दै उनले सरकारले यस क्षेत्रमा बजेट बढाएमा जनावरबाट सर्ने रोगको रोकथाममा उल्लेख्य प्रगती हुने बताउँदै यस बिषयसँग सरोकारका सवालमा आवाज उठाइदिन पत्रकारहरुलाई अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा अण्डा उत्पादन गर्ने कुखुराहरुको लागि पिँजडा मुक्त गर्ने राष्ट्रिय अभियानकी संयोजक मधु कट्टेलले मानिसले खाने अण्डा उतपादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खानयोग्य अण्डा उत्पादन नहुने बताउँदै यो अभियानमा साथ दिन सरोकारवाला सबैमा अनुरोध गरेकी थिईन् ।

उक्त कार्यक्रममा पत्रकारहरुकव अलावा संस्थाका तर्फबाट रजिता बुढाथोकि, लेखा अधिकृत अमीर श्रेष्ठ, लक्ष्मि घिमिरे कबिराज ढकाल लगायतका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार