देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पशुपतिनाथ मन्दिर बुधबारबाट खुल्ने

0

काठमाडौं – कोरोना भाइरसको महामारीका कारण विगत ९ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर भोलि (बुधबार) बाट भक्तजनका लागि खुला गरिने भएको छ ।

नौ महिनासम्म पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । आज (मंगलबार) बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले जानकारी दिए । पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने छ । दर्शनार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्नेछ ।

मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार