देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पशुपतिनाथ मन्दिर शिवरात्रिदेखि दिनभरि खुला रहने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाण्डाै – पशुपतिनाथ मन्दिर शिवरात्रिदेखि दिनभर दर्शनार्थीका लागि खुला हुने भएको छ ।आजभोली बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्ने गरेको पशुपतिनाथको मन्दिर आउँदो २७ गते शिवरात्रिपछि दिनभर नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

चैत ११ गते लकडाउनपछि पशुपतिनाथ मन्दिर झण्डै ९ महिना बन्द भएको थियो । पुस १ गतेदेखि मन्दिर खुला गरिएको हो । तर अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोका मात्र खुला गरी दुई वटा लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

२७ गतेपछि भने पहिलेजस्तै पश्चिम र उत्तर ढोका खुला हुने र बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म मन्दिर खुला हुने कोषले जनाएको छ । पशुपतिमा दर्शनको लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ ।

शिवरात्रिमा पनि दर्शनार्थीलाई मास्क र स्यानिटाइजर अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार