देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पशुपति क्षेत्रबाट ४५ जना प्रहरी नियन्त्रणमा

0

मध्यबिन्दु/काठमाडौं – पशुपति क्षेत्रमा हुलदंगा गर्ने, गाँजा खाने र पाकेट मार्न खोज्ने ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमध्ये २० जनाभन्दा बढीलाई गाँजा सेवनको आरोपमा नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

भारतबाट आउने बाबाहरुलाई कुनै प्रतिबन्ध नलगाइए पनि अन्य व्यक्तिलाई गाँजा सेवन तथा विक्री वितरणमा प्रहरीले रोक लगाएको छ ।
शिवरात्रिको अवसरमा आज पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ ।

शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा गाँजा खानेको पनि बाक्लो उपस्थिति रहने भएकाले प्रहरीले विशेष अनुगमन गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार