देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गरौं: गगन थापा

0

काठमाण्डौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने बताएका छन्। पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवालाको सहभागितामा नयाँ गुरूयोजना बनाउनुपर्ने थापाको भनाइ छ।

पछिल्लो समय गुरूयोजनाको बिषयलाइ लिएर पशुपति क्षेत्र विकास कार्यालय घेराउलगायतका आन्दोलन भइरहेका छन्। थापाले पशुपति विकास कोषको नयाँ गुरूयोजनाबारे टिप्पणी गर्दै बुधबार ट्वीट गरेका छन्, ‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना, न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै। यो गुरूयोजना नै हैन। यसलाई खारेज गरौं।’

‘पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ। तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो,’ थापाले भनेका छन्।

गुरूयोजनालगायतको विरोधमा पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दा केही समयदेखि आन्दोलनमा छन्। उनीहरूले आज बिहान कोषको कार्यालयमा शान्तिपूर्ण धर्ना दिँदै छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार