देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पशुपति धर्मशालाबारे छानबिन गर्न अर्को समिति गठन

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दको छानबिनका लागि अर्को समिति गठन भएको छ ।

सरकारी जग्गा तथा सम्पत्ति अनधिकृत रूपमा हत्याएको आरोप लागि रहेको बतास समूहले सञ्चालन गरिरहेको उक्त होटलको थप अनुसन्धानका लागि भन्दै पशुपति विकास कोषले मंगलबार कोषका सदस्य सचिव मिलन थापाको नेतृत्वमा छानबिन तथा कारबाही सिफारिस समिति गठन गरेको हो ।

यस समितिले होटल सञ्चालन तथा ठेक्का सम्झौताको सन्दर्भमा भएका गल्ती तथा बदमासीको अनुसन्धान गर्ने र सरकारलाई बुझाउने कोष स्रोतले जानकारी दिएको छ ।

उक्त समितिले बतास समूले सम्झौता विपरीत गतिविधि गरेको प्रतिवेदन गत माघ ३ गते सरकारलाई बुझाएको थियो । सोही केसमा पुन कोषले अर्को समिति गठन गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार