देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पशुपति धर्मशाला र बतासबिच गरिएको सम्झौता आज खारेज हुने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – पशुपतिमा धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता आज (मंगलबार) खारेज हुने भएको छ पर्यटन मन्त्री प्रेमबहादुर आलेनिकट स्रोतका अनुसार छानबिन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता आज खारेज हुने भएको हो ।

त्यसका लागि आज पशुपति क्षेत्र विकासको मंगलबार बस्ने बैठकले बताससँगको सम्झौता खारेजी गर्ने स्रोतको भनाइ छ।

यसअघि बतास समूहका मालिक आनन्द बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले समेत निरीक्षण गरेका थिए । उनले धर्मशाला धर्मशालाजस्तो नभएर पाँचतारे होटलजस्तो भएको प्रतिक्रिया दिएका थिए ।

छानबिन समितिले मन्त्री आलेलाई हस्तान्तरण गरेको थियो । सोहीअनुसार मन्त्री आलेले बतासँगको उक्त सम्झौता खारेजीको लागि क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेको बताइएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार