देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पश्चिमी वायुको प्रभावले मौसममा बदलाब, दिनभर पानी पर्ने

0

(काठमाडौं) – पछिल्लो केही दिनदेखि पश्चिमी वायुको प्रभावका कारण मुलुकभर मौसम बदली भइरहेको छ । अहिले देशका विभिन्न ठाउँमा पानीसँगै र हिमपात भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पश्चिमी भूभागमा मौसम सामान्य देखि पूर्ण बदली रही बाँकी स्थानहरुमा सामान्य बदली भईरहेको महाशाखाले जनाएको छ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमालीका अधिकांश भूभागमा हिमपात भइरहेको छ ।

अहिले पश्चिमको दिपायल, वीरेन्द्रनगर सहित पूर्वको ओखलढुङ्गा आसपासका क्षेत्रमा पानी र हिउँ परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा पानी र हिउँ परिरहेको महाशाखाले जनाएको छ ।

शुक्रबार काठमाडौं सहित मध्यका थोरै र पश्चिमका धेरै ठाउँमा घाम लाग्ने तर मध्य क्षेत्रकै केही र पूर्वको मौसम भने आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार