देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘पहिलो डोज खोप लाउन आउनेलाई भेरोसिल खोप नदिनु’ – स्वास्थ्य सेवा विभाग

0

काठमाडौं – स्वास्थ्य सेवा विभागले पहिलो डोज खोप लाउन आउने नागरिकलाई भेरोसिल खोप नदिन निर्देशन दिएको छ । भेरोसिल खोपको मौज्दात देशैभर न्यून भएको भन्दै विभागले पहिलो मात्रा लगाउन आउनेहरु सबैलाई कोभिसिल्ड खोप दिन भनेको हो ।

स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरुलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप लगाइदिन सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।

पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिने निर्णय बुधबार विभागले गरिसकेको छ । उक्त निर्णय कार्यान्वयन गर्न विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरुलाई भनेको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार