देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पाँचथरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

0

(पाँचथर)- पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–४, सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो ।

निर्माणाधीन पुष्पलाल ९मध्यपहाडी० लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा २ क २९२० नंम्बरको टिपर सडकबाट करिब १०० मिटर तल झरेर दुर्घटना भएको हो ।

दुवैको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार