देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पाँचपोखरीका पहिरो पिडितलाइ आर्थिक सहयोग

0

सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिकाका पहिरो पिडितहरुलाइ शनिबार राहत वितरण गरिएको छ । तामाङ सोसाइटि अफ ग्रेटर वासिङ्टन परिवार अमेरिकाले १ लाख ६० हजार रुपिँया वितरण गरिएको अभियन्ता कृष्ण तामाङले जानकारी दिए ।

तामाङ सोसाइटि अफ ग्रेटर वासिङ्टन परिवार अमेरिकाका सचिव हेम कला तामाङ अभियानता रत्न तामाङ र सुनिता तामाङले संकलन गरि पठाएको रकम कृष्ण तामाङको तेतृत्वमा कलाकार वैरागि तामाङ, केशरी तामाङ लगाएको समुहले पिडितलाइ बुझाएको तामाङले बताए । पहिरोकै कारण मृत्यु भएका परिवार लाइ १० हजार र घर ढलेका परिवारलाइ ५ हजारका दरले सहयोग गरेको तामाङले जानकारी दिए।

गाउँपालिकाका बरुवाका ११ तथा तिपेनिका २० घर गरि ३१ घर परिवारलाइ आज रकम बुझाइएको हो । राहत वितरण गर्न गएका अभियन्ताहरुलाइ भोटेकोशि गाउँपालिका वडा नम्बर १का वडा अध्यक्ष मुके शेर्पाले खाना तथा यातायातमा सहयोग गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार