देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पाँचौं पटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

0

काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिँदैछन् ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले आज डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । ​

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको बताइएको छ ।

मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बन्ने कि जसपाको नेतृत्वले विश्वासको मत पाउने भन्नेमा सबैको ध्यानाकृष्ट गराएको छ।

तर मधेस प्रदेशमा जनमत पार्टीको  नेतृत्व  सरकार बन्ने लगभग निश्चित जस्तै देखिएको  छ ।  जनता समाजवादी पार्टी(जसपा)नेपाल नेतृत्वको सरकारबाट मंगलवार नेकपा एसले साथ छाडेपछि विपक्षी गठबन्धनतर्फ प्रष्ट बहुमत पुगेको छ ।

सरकारको नेतृत्व गरिरहेको जसपा नेपाल हाल एक्लिएको छ । मधेश प्रदेश सभामा जसपा नेपालको १९ प्रदेश सभा सदस्य छन् ।

whatsapp sharing button
द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार