देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पाँच राजनीतिक दलका नेता नयाँ दिल्लीमा

0

काठमाडौं – भारतीय जनता पार्टीको (भाजपा)को निम्तोमा नेपालका पाँच वटा राजनीतिक दलका नेताहरू नयाँ दिल्ली पुगेका छन्।

भाजपाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेतालाई निम्तो दिएर बोलाएका हुन।

नेपाली कांग्रेसका नेता उदय शमसेर जबरा, एमाले उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका नेता मातृका यादव, रास्वपाका शिशिर खनाल र जनमत पार्टीका डा। जयकान्त राउत नयाँ दिल्ली पुगेका छन्।

नेपालबाट जाने टोलीलाई भाजपा मुख्यालयमा उक्त पार्टीका अध्यक्ष जेपी नड्डाले स्वागत गरेका छन्।

भाजपाले डा.सीके राउत नेतृत्वको जनमतलाई बोलाए पनि अन्य मधेसवादी दललाई निम्तो दिएको छैन। नेपाल सरकारका उप प्रधानमन्त्री समेत रहेका उपेन्द्र यादव भारतले नबोलाएपछी छट्पटिएका छन् । यादव लगायत अन्य मधेशी दलहरुलाई भाजपाले नबोलाउनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

भाजपाले आफ्नो चुनावी अभियान देखाउनुका साथै प्रचार रणनीति र तिनका विधिबारे पनि जानकारी दिने कार्यक्रम छ। बिजेपीका विदेश विभाग इन्चार्ज डा.विजय चौथाइवाले समेत टोली नेताहरूसँग भेट तथा अन्तरक्रिया गरेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार