देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पाँच वर्ष अघि बलात्कार आरोपलागेका सुनसरीका प्रिन्सिपल पक्राउ

0

काठमाडौं – पाँच वर्ष अघि बलात्कार गरेको आरोप लागेका सुनसरी  इटहरीका तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।

इटहरीको ब्लुमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत छात्रालाई बलात्कार गरेको आरोपमा स्कुलका प्रिन्सिपल राजकुमार खड्का पक्राउ परेका हुन् । उनलाई सीआईबीले बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका एसपी कमल थापाका अनुसार पाँच वर्ष पहिले एक छात्रालाई उपचार गर्न अस्पताल लैजाने बहानामा होटल लगेर विद्यार्थीलाई बलात्कार गरेको आरोप उनीमाथि छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट जबर्जस्ती करणीको मुद्दाको अनुसन्धान सम्पन्न गरी जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार