देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको विवाह गैरकानूनी ठहर

0
<p>फोटो- बिबिसी</p>

फोटो- बिबिसी

 पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको सात वर्ष लामो वैवाहिक सम्बन्धलाई खारेज गरेको छ ।

अदालतको हालैको फैसलाले इमरान खान र बुशरा बीबीको सन् २०१८ मा भएको विवाह गैर इस्लामिक र गैरकानूनी भएको बताएको छ । यस मुद्दामा दुवैलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।

बुशरा बीबीका पूर्व पतिले इमरान खानविरुद्ध मुद्दा दायर गरेका थिए । उनले इमरानसँगको विवाह जालझेलबाट भएको बताएका थिए।

इस्लामिक कानून अनुसार महिलालाई पतिको मृत्यु वा सम्बन्धविच्छेद भएको केही महिना विवाह गर्न निषेध गरिएको छ। अदालतले बुशरा बीबी र इमरान खानको विवाह यो अवधि समाप्त हुनुअघि नै भएको ठहर गरेको छ ।

इमरान खान यसअघि नै भ्रष्टाचारको मुद्दामा जेल सजाय काटिरहेका छन् । पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन हुँदैछ। क्रिकेटरबाट राजनीतिज्ञ बनेका पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का नेता इमरान खान जेलमा छन् ।

खानले आफूमाथि लगाइएको आरोपलाई ‘राजनीतिक प्रतिशोध’ र ‘षड्यन्त्र’ भनेका छन्। २०१८ मा, उनका आलोचकहरूले उनलाई ‘सेनाको मुखौटा’ भनेका थिए र अहिले जब उनी जेलमा छन्, उनका समर्थकहरूले पूर्व प्रधानमन्त्री जेलमा हुनुको मुख्य कारण सेना भएको आरोप लगाए। बीबीसी

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार