देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

0

ललितपुर – कोरोना भाइरसको संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५१ वर्षीय पुरुष र भक्तपुरका ७२ वर्षीय बृद्धको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

भक्तपुरका ७२ वर्षीय बृद्धको गएराति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भक्तपुरका ती वृद्ध भदौ १७ गतेदेखि पाटन अस्पतालमा उपचार गराई रहेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार