देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पारस र सावित्रा दशककै उत्कृष्ट खेलाडी

0

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा दशकका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी बनेका छन्।

मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा भएको अवार्डमा पारस दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् । पारसले यसअघि एक पटक युवा विधासमेत गरी तीन पटक वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारिसकेका छन्।

त्यस्तै उक्त कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भइन्।

नेपाली महिला फुटबलमा साम्बा उपनाम पाएकी सावित्राको नाममा ३४ अन्तर्राष्ट्रिय खेलमा ३८ गोलको कीर्तिमान रहेको छ। नेपालले सन् २०१४ देखि २०१९ सम्म समान २ पटक साफ च्याम्पियनसिप र साग तथा नाडेजा कप र हिरो वुमन्स गोल्डकप गरी ६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गर्दा सावित्राको प्रेरणदायी भूमिका रहेको थियो।

त्यस्तै टेबल टेनिसकी एलिना महर्जनले पिपुल्स अवार्ड जितिन्। यस क्रममा एलिनाले नेपाली राष्ट्रिय महिला टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेललाई पछि पारेकी थिइन्।

एलिनाले ४७.८३३ प्रतिशत मत प्राप्त गरिन्। उनले खेल पत्रकारबाट २.५८८, प्रशिक्षकबाट २.४१ र फेसबुक लाइकमार्फत २.८८५ प्रतिशत र इसेवाबाट ३९.९५ प्रतिशत मत प्राप्त गरिन्। त्यस्तै एन्जिलाले २१.५२९, कुशलले १४.६५५, प्रिन्सले ८.५७९ र सन्तोषीले ७.३९४ प्रतिशत मत प्राप्त गरे।

दशक पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्दा अन्य विधाका विजेतालाई जनही ५० हजार रूपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार