देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पार्टि अलग हुने बित्तिकै प्रचण्डका जातिय कुरा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताउनुभएको छ ।

मंगलबार शुकदेव गुरुङ शहीद घोषणा राष्ट्रिय जागरण अभियानअन्तर्गत सर्वपक्षीय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका हुन् । आफूहरुले जातीय अधिकार, समानता,आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको बिल्ला भिराएको उनको भनाई छ ।

नेपालमा अन्धराष्ट्रवाद लाद्ने षडयन्त्र भएको पनि उनको भनाई छ । उनले भने, ‘अस्ति प्रतिनिधिसभा विघटन गर्नु भयानक ठूलो षडयन्त्र थियो । नेपालका आदिवासी,जनजातिका विरुद्ध,नेपालका सबै दलित, मधेसी,महिला सबैले पाएको त्यो अधिकार पनि खोस्ने र झण्डैझण्डै पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने र उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने । तपाईं- हामीले अलि जातीय अधिकारको कुरा, समानताको कुरा,आत्मसम्मानको कुरा,स्वतन्त्रताको कुरा गर्यो भने हामीलाई जातिवादीको बिल्ला भिराउने अनि आफूचाहिं उच्च वर्ग, उच्च जातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने यो षडयन्त्र भएको छ ।’

अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको अधिकार र पहिचान खोस्ने षड्यन्त्र भएको पनि बताए । प्राप्त अधिकारहरुलाई खोस्नको निम्ति माओवादी आन्दोलन र प्रचण्डलाई प्रहारको निशाना बनाइएको पनि उनको भनाई छ ।

कार्यक्रममा शहीद शुकदेव राष्ट्रिय कार्यदलका अध्यक्ष धनबहादुर गुरुङ,माओवादी केन्द्रका नेताहरु देव गुरुङ,सदस्य ओनसरी घर्ती लगायतको उपस्थिति रहेको समाचार आजको जनआस्थामा प्रकाशित छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार